युवा नेतृत्व कार्यक्रमका लागि मदरल्याण्डका ४ विद्यार्थी अमेरिका जाने
पाेखरा | जेठ ३१, २०८१
पोखरा: अमेरिकाको वासिङ्टन डिसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जाने भएका छन् ।
मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुविज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रविना पौडेल जान लागेका हुन् ।
उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् ।
उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट गरेको मदरल्याण्डबाट चार जना पर्न सफल भएका हुन् ।
विज्ञान, गणित, इन्जिनियरीङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्यय सुरक्षा, सस्कृतीका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्ने छन् ।
उनीहरुले २१ दिन सम्म अमेरिकामा रहेर अन्य देशका युवाहरु सँगै युवा नेतृत्व कार्यक्रममा सहभागीता जनाउने छन् ।
विदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले विद्यार्थीलाई पढाई र सिकाईसँगै भए छिटो सिक्न सक्ने बताइन् । उनले विद्यार्थीहरुले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीहरुलाई पनि सिकाउदा अझ फलदायी हुने बताइन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सीपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउदै त्यसै अनुसार नै विद्यार्थीहरु छनौट भएको बताए ।
उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाइ सँगै खेलकुद, हाजिर जवाफ, अतिरिक्त क्रियाकलापहरु गराउदै आएको बताए ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

